बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग

विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८०, शुक्रबार

बागलुङ/ जिल्लाको अमलाचौरका एक दम्पत्तिले आफ्ना बाबुआमाको स्मृतिमा विद्यार्थीहरुलाई सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिल्ली चापागाईंको दम्पत्तीले स्थानीय जगन्नाथ प्राथमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई सहयोग गरेका हुन् ।

उनीहरुले विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये २० जना जेहेन्दारलाई विद्यालय पोशाक र स्टेशनरी सहयोग गरेका हुन् । बाबुआमाको बार्षिक श्राद्धको दिन डिल्ली र गंगा चापागाईंले विद्यालयमा पुगेर सहयोग गरेको बिद्यालयका प्रधानाध्यापक बुद्धि चापागाईंले बताए ।

२० जना विद्यार्थीलाई एक/एक सेट पोशाक, एक÷एक दर्जन कापी, एक÷एक दर्जन पेन्सिल हस्तान्तरण गरेको चापागाईंले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक र स्टेशनरी सहयोग गर्ने दम्पत्तीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको थियो । पोशाक र स्टेशनरी पाएका विद्यार्थी खुसी देखिन्थे । यहाँ ४५ जना विद्यार्थी अध्ययन छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->