बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘म्याड लभर्स’को परिचर्चा

‘म्याड लभर्स’को परिचर्चा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८०, सोमबार

पोखरा/ प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’(प्रेमको शास्त्रीयशल्यक्रिया)को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नुपर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नुपर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना,’उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा सशक्त विषय भएको बताए ।‘कृति आफैमा सशक्त विषय हो,यसले यर्थाथताको धरातल टेक्नैपर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ,’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो ।

पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरे । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभवसुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाइ थियो ।आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->