बागलुङ/ गायक, कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीत/भिडियो पोखरामासार्वजनिक भएको छ ।
‘पोखरामा दुई कुराको भर हुन्न रे, एउटा पानीको अर्को नानीको’ बोलको गीतमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । शब्द र संगीत सज्जनकै हो ।
पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भावप्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गीतमा भनिएको छ,‘एकै छिनमा बादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।’ भिडियोलाई इश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ ।





