बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘विकासमा अपांगका आवाज सुनियोस्’

‘विकासमा अपांगका आवाज सुनियोस्’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

बागलुङ/ राज्यका निकायले गरेका विकास निर्माणमा अपांगता भएका नागरिकको पनि अपनत्व हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
राष्ट्रिय अपांग महासंघ र बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघले आयोजना गरेको जनप्रतिनिधिका लािग अभिमुखीकरण कार्यक्रममा सहभागिले विकासमा सबैको साझा सभागिताको आवस्यकता औल्याए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज सुवेदीले प्रस्तुतीकरण गर्दै अहिलेसम्म भएका विकास निर्माणमा अपांगताको सहभागिता नभएको बताए । उनले भवन निर्माणदेखि सडक र अन्य विकास निर्माणमा अपांगताको सभागिता नभएको टिप्पणी गरे । ‘न योजना निर्माणमा अपांग सहभागी बन्छन्, न भएका पूर्वाधार अपांगमैत्री छन्,’ उनले भने, ‘अपांगलाई हेर्ने दृष्टिकोण सकारात्मक भयो भने विकासमा विभेद समेत हुँदैन ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले परम्परागत पद्दती हटाएर योजनामा सबैको अपनत्व ल्याउने प्रतिबद्धता जनाए । उनले जनप्रतिनिधिमा पनि अपांग बोलाएर उनीहरुका समस्या बुझ्नु पर्छ भन्ने चेत नभएको स्विकारे । ‘सरोकारवालामा हामीले टोल वा वडाका प्रतिनिधि मात्रै खोज्यौं, विकासले समस्या पर्नेहरु खोजेनौं,’ उनले भने, ‘अब अपांगता भएकाहरुको पनि सहभागिता खोज्छौं ।’

बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता, अभिभावक चेतनारायण गौतमको स्वागत र यामबहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसी, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती देवी रेग्मी, बहिरा संघका अध्यक्ष सन्तोष पौडेल, अनुगमनकर्ता तथा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, चिजा श्रीष, होमनाथ शर्मा, धर्मराज आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका वडा अध्यक्ष र सदस्य तथा अपांगता भएका व्यक्तिहरु सहभागि थिए । सहभागिहरुले भौतिक विकास मात्र नभई मानवीय विकासका क्षेत्रमा पनि अपांगका आबाज सुन्नुपर्ने, उनीहरुलाई योजना निर्माणलगायतमा सहभागी गराउन पनि माग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->