बागलुङ / हावाहुरीसहितको पानीले बडिगाड-१ दगातुम्डाँडामा लाखौंको क्षति गरेको छ । हावाहुरीको कारण विद्यालय, बाटो तथा मकैवालीमा गरि लाखौंको क्षति भएको वडाध्यक्ष बोमबहादुर थापाले जनाकारी दिए ।
वडाध्यक्ष थापाको अनुसार दगातुम्डाँडाको दुर्गा प्राविको कार्यालयसहितको २ कोठे भवनको छानो समेत उडाएको र विद्यालय संचालनमा समेत समस्या भएको उनले जानकारी दिए ।
हावाहुरी र पानीका कारण उपल्लो हमेली, भट्टेनी जाने सडक समेत अवरुद्ध भएको वडाध्यक्ष थापाले जानकारी दिएका छन । हावाहुरीकै कारण त्यहाँ मकैवालीमा समेत क्षति पुगेको छ ।





