बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गर्मीमा मुटुको जोखिम र बच्ने उपाय

गर्मीमा मुटुको जोखिम र बच्ने उपाय


  • कृष्णकुमार सैजु
  • असार १ २०८०, शुक्रबार

केही दिनयता दिन प्रतिदिन देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले गर्दा जनजीवन प्रभावित भएका समाचार आएकाछन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गर्नपर्ने अवस्था आएको छ । तराईमा  अत्याधिक गर्मि भागमालुको प्रकोप बढ्नसक्ने प्रवल सम्भावना छ ।

गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, दम, मधुमेहजस्ता दिर्धरोगका समस्या भएका वृद्धवृद्धाले केहीअतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरुका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ। गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्चरक्तचाप र यसको औषधि उपयोग ग रहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका/मिर्गौला रोगी, पहिले मुर्छाभइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामीहरू पर्दछन् ।

अझ मुटुजन्य समस्या भएका व्यक्तिहरुका लागि त झन उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बर रूपमा बढी हुन्छ । अत्याधिकगर्मीको कारण मुटुका बिरामीको मृत्यु समेत हुन सक्छ । तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरीहृदयाघात) बढिरहेको छ । यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ । जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचापबढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ । बढ्दो गर्मीमा टाउको दुख्ने समस्या हुने गर्दछ। गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने संकेत हुन सक्छ । बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमासमस्या आउँछ । गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठयारो हुने, कहिलेकाहीं बेहोस हुने स्थितिसम्म आउन सक्छ। जोखिम समूहमा परेका बक्तिहरूले अत्याधिक गर्मीमा पर्नबाट वा रहन बाट जोगिनुपर्छ । गर्मी याममा मुटुको समस्याहरू भएकाव्यक्तिले मात्र नभई स्वथ्य व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा  स्वस्थ्यकर झोलिलो पदार्थको सेवन गर्न पर्छ ।

पानी मावन शरीरको महत्वपूर्ण तत्व हो । यसले स्वस्थ व्यक्तिको आधादेखि दुई तिहाई तौल ओगटेको हुन्छ । खासगरी गर्मी याममाशरीरबाट पसिना वा अन्यरुपमा बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ । शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनिमुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन् । बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कमहुन्छ । शरिरलाई चाहिने पानीको मात्रा कम हुँदा रगत बाक्लो हुन जान्छ । रगत बाक्लो हुँदा जम्ने डर हुन्छ । त्यतिबेला ह्दयाघात वामस्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

शरीरमा पानीको मात्रा कम हुनु भनेको यसले शरीरमा निर्जलीकरण (डिहाइड्रेसन) हुनु हो । डिहाइड्रेसनका कारण शरीरमा सोडियम रपोटासियमको मात्रामा गडबड हुन्छ । डिहाइड्रेसनले गर्दा शरीरमा रगत जमेर समस्या उत्पन्न गर्न सक्छ । यसबाट मुटुको धड्कन बढीहार्ट फेल समेत हुन सक्छ । त्यसैले डिहाइड्रेसनका कारण डिहाइड्रेसनले मुटु रोगीको ज्यानै पनि जानसक्ने हुन्छ । मुटुको औषधिखाइरहेका व्यक्तिहरू गर्मी याममा डिहाइड्रेसन भएर बेहोस भएको पाउने गरिन्छ । शरीरमा पानीको कमी लामो समयसम्म रह्यो रप्रारम्भिक लक्षणबाट पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि लिएर हृदयाघातको जोखिम हुन्छ ।

शरीरका विभिन्न अंगमा रगत पुर्‍याउन मुटुले बढी मिहिनेत गर्नुपर्छ । यसले गर्दा मुटुलाई बढी दबाब हुन्छ । जसले गर्दा मस्तिष्क, मुटु, हातखुट्टा लगायत नसामा रगत जमेर समस्या उत्पन्न हुन सक्छ । मुटुसम्बन्धी जोखिम समूहमा रहेकाहरूलाई गर्मी याममा पनि विशेषसावधानी अपनाउनुपर्छ । मुटुको औषधि सेवन गरिरहेका र पाकाहरूले गर्मी याममा बढी चलखेल गर्दा शरीरमा पानीको कमी हुन्छ ररक्तचाप कम हुन्छ । यसले गर्दा मस्तिष्कमा रगतको प्रवाह कम हुनगइ  सम्बन्धित व्यक्ति बेहोस हुन सक्छ । गर्मीमा काम गर्दा अचेतभई कतिपय मानिसको मृत्यु भएको समाचार सुन्ने गरिन्छ । जब हाम्रो मुटुले सामान्य प्रवाहमा रक्तसञ्चार गर्न सक्दैन भने यस्तोअवस्थामा मानिस बेहोस हुने गर्छन् ।

गर्मीले गर्दा मानिसको रक्तचाप तल-माथि हुन सक्छ । दुवै अवस्था हुनु जोखिमपूर्ण नै हुन्छ । रक्तचापको औषधि सेवनगरिरहेकाहरूलाई औषधिको मात्रा घटबढ हुन सक्ने भएकाले औषधि सेवन गर्ने रक्तचापका बिरामी अत्यधिक गर्मीमा नहिँड्नु नै राम्रोहुन्छ । कतै जानु नै परे प्रशस्त तरल पदार्थ सेवनसँगै गर्मीबाट जोगिने उपाय गर्नुपर्छ । उच्च रक्तचापका रोगीलाई बढी गर्मीमा बढीमिहिनेत हुने र पसिना बगाउने काम गर्नु हुँदैन । आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावाआउने ठाउँमा निस्कनुपर्छ्, तरल पदार्थ सक्दो पिउनुपर्छ । उभिइरहनु हुँदैन । यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । यसोगर्दा मस्तिष्कमा रगत प्रवाह यथोचित मात्रामा भएर अचेत हुनबाट जोगिन सकिन्छ । सार्‍है गर्मी हुँदा चिसो पानीमा नुहाउँदा शरिरलाईशीतलता हुन्छ ।

तापमान वृद्धिको सिधा असर मानिसको मुटुमा पर्ने हुँदा शरीर चिसो बनाउन पसिना आवश्यक हुन्छ । पसिनाले नै शरीरको तापक्रमसन्तुलनमा राखिरहन्छ । उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको आन्तरिक तापक्रम बढ्न गई अत्याधिकपसिना आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, मांसपेसीहरु बाउँडिने, बेहोस हुनेजस्ता समस्या आउन सक्छ । उच्च रक्तचापकाबिरामीहरू गर्मी याममा भीड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा कामगर्दा असहज महसुस हुने, रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ । पर्याप्त निन्द्रा, तनाव कम गर्ने, रक्तचाप नियमित परीक्षण गर्ने, मोटोपना, मुटुरोगी, उच्च रक्तचाप भएकाले बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

गर्मीले मुटुमा समस्या हुनबाट जोगिने उपाय

प्रशस्त पानीको सेवनः  काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नुन/चिनी, पानीर कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन । पानीले शरीरको तापक्रम सामान्यराख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ । नियमितआवश्यकता अनुसार एक-दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरिरमा पानी प्रयाप्त भए नभएको आफ्नो पिसाव सफा छ छैनहेर्नुपर्छ । अन्य स्वस्थ्य मानिसले पनि मौसम गर्मी हुँदा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।

फलफूल/जुसको सेवन गर्नेः फलफूलमा पाइने खनिज तत्वहरुले शरिरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ ररक्तचाप र मुटुको क्रियाकलाप लाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

चिया/कफीको सेवन नगर्नेः चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ । चिया/कफीमा पाइने कैफिनले पिसाबको मात्राबढाएर शरिरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चियारकफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ ।

धुमपान तथा मद्यपान नगर्नेः धुमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसमा पनि गर्मीको समयमा गरिने धुमपानलेशरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ ।

गर्मीमा ब्यायाम गर्दा होस पुर्‍याउनेः सकेसम्म कम गर्मी भएको बेला (बिहान) हिँड्ने, ब्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने ।बिहान वा साँझमा घर बाहिरको काम वा व्यायाम गर्न सकिन्छ ।

सकभर घरभित्रै बस्नेः गर्मीको मौसममा चर्को घाममा लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ ।सकेसम्म घरभित्रै बस्नुपर्छ । यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ ।सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैन । निस्कनै पर्ने अवस्थामा टोपी वा छाता लिएर या बिहान-बेलुकीको समयमा निस्कनुपर्छ ।

चर्को घामबाट बच्नेः दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । अति बढी परिश्रम पर्ने कामहरू कम गर्नपर्छ । बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ ।

उपयुक्त कपडा प्रयोग गर्नेः जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ । सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टासुतीका लुगा लगाउनुपर्छ । टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन ।

चिसो ग्रिन को सेवनः उसो त ग्रिन टी समग्र मानव शरिरको अंग वा प्रत्यांग हरूको लागी अतिनै स्वस्थकर पेय पदार्थ हो । ग्रिटीभन्नेबित्तिकै तातो मात्र पिउने भन्ने बुझनुहोला तर ग्रिन टी चिसो पनी पिउन मिल्छ ।ग्रिन टी मा एन्टि एजिंग प्रोप्रटी सहित कयौँ यस्तातत्वहरू हुन्छन जस्ले मानव शरिर लाई शक्ति, पोषण र संरक्षण प्रदान गर्छ । संगसगै ग्रिन टी ले शरिरमा आवस्यक पानीको मात्रापनीपुर्याउन सहयोग गर्छ । संक्षेपमा भन्नुपर्दा नियमित ग्रिन टी पिउनु स्वस्थ्यको लागी बरदान सरह नै हो । गर्मी मा तातो को सट्टा चिसो ग्रिनटी पिउनु लाभदायिक हुन्छ ।बजार मा पाईने सबैखाले ग्रिनटीहरू चिसो पिउन मिल्दैन । स्टिम गरेर वा ग्रिनटी पात लाई पकायर सुकाईबजार मा ल्याइएको ग्रिन टी हरू मात्र उमालेको पानी मा राखेर चिसो बनाएर पिउन मिल्छ ।

यी माथि उल्लेख गरिएका विभिन्न उपायहरुका बारेमा सचेत र सजग भई उपयुक्त उपायहरू अवलंबन गर्न सकेमा गर्मी याममा हुनसक्नेजोखिमबाट बच्न सकिन्छ । अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->