बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ एक तन्दुरी रेष्टुरेन्टमा आगलागी, ७० हजारको क्षती

बागलुङ एक तन्दुरी रेष्टुरेन्टमा आगलागी, ७० हजारको क्षती


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार

बागलुङ/ बागलुङ बजारको एक तन्दुरी रेष्टुरेन्टमा आगलागी हुँदा ७० हजार बढीको क्षती भएको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा रहेको एञ्जीला तन्दुरी रेष्टुरेन्टमा मंगलबार बिहान आगलागी भएको हो ।

रेष्टुरेन्टले राउदा राखेको व्लकको गाह्रो भएको एकतले भवनमा बिहान ३ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ मदन केसीले बताए । आगलागीबाट उक्त भवनमा राखिएका दाउरा जलेकाछनभने टिनको छानामा क्षती भएको छ । आगलागीको कारण भने खुलेको छैन् ।

काठेखोला गाउँपालिका–८ लेखानीका भक्तबहादुर क्षेत्रीले उक्त रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । रातको समयमा आगलागी भएपछि प्रहरी र स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिईएको थियो । समयमै आगो नियन्त्रणमा आएकाले अन्यत्र फैलिन नपाएको केसीले बताए । बागलुङ नगरपालिकाको दमकलो सहायता लिईएको केसीले बताए । घटनको थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->