बागलुङ/ तनहुँको बन्दिपुर गाँउपालिकाले आगामि आर्थिक बर्षका लागि ६० करोड ६१ लाख ८४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले १३ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बन्दिपुरले शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य, उत्पादन, रोजगार उन्मुख तथा पुर्वाधारमा जोड दिनुका साथै मानवश्रोत साधनको विकास गर्ने लक्ष्य लिएको छ । बन्दिपुरको सार्वजानिक शिक्षाको गुणस्तरमा जोड दिएको बजेटले गाउँपालिकालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, स्वास्थ्य सम्बन्धि जोखिमबाट नागरिकलाई सुरक्षित राख्ने र गुणस्तरीय स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै स्वास्थ्य पुर्वाधार निर्माण तथा स्तरोन्नती तथा स्वास्थ्य जनशक्तिको विकास गर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरि आयआर्जनको प्रमुख श्रोतको रुपमा ग्रामिण अर्थतन्त्रको सवलिकरण गर्ने उद्देश्यहरु रहेको छ ।





