बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीका जनप्रतिनिधिलाई वाककला तथा नेतृत्व बिकास तालिम

जैमिनीका जनप्रतिनिधिलाई वाककला तथा नेतृत्व बिकास तालिम


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८०, मंगलबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका जनप्रतिनिधीहरुको लागि मंगलबारदेखी नेतृत्व बिकास तथा वाक कला तालिम सुरु भएको छ ।

तालिमको उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरका जनप्रतिनिधीहरु नेतृत्वदायी र भाषणकलामा अव्वल हुन तालिमले सहयोग पुग्ने बताए ।

शर्माले जनप्रतिनिधिहरुका बिचमा धेरै अफ्ट्यारो रहेपनी धैरे भएर नगरको बिकासमा लाग्नुपर्ने बताए । उनले जनप्रतिनिधिको रुपमा काम गर्दा धेरै समस्या आउने र सबैको बिचमा बसेर छलफल गरेमा समाधान गर्न सहज हुने बताए ।

उदघाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले शुभकामना मन्तब्य ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष जिबनकला खत्री सरिताको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रमको स्वागत सहसचिब तथा तालिम संयोजक तारानाथ आचार्य र संचालन सचिब बिजय रानाले गरेका थिए।

तालिममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र नेपाल पत्रकार महासंघ कास्कीका पुर्वअध्यक्ष दिपेन्द्र श्रेष्ठलगायतले सहजीकरण गर्ने पत्रकार महासंघ बागलुङका सचिब बिजय रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->