बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २० २०८०, बुधबार

बागलुङ/ दरमखोलामा पौडीखेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । बागलुङको गलकोट नगरपालिकामा निमार्णधिन रहेको दरमखोला हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट नगरपालिका–११ बस्दै कार्की पौडी खेल्ने क्रममा मंगलबार साँझ ६ बजे बेपत्ता भएका थिए । वेपत्ता भएका कार्कीलाई प्रहरी टोलीले बेपत्ता भएको स्थानदेखि ४ किलोमिटर पूर्व खोलाको बिच भागमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका पैहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->