बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पशुपति र पुजा क्षेत्रीको `हाई मेरी गुन्टुरी´सार्वजनिक

पशुपति र पुजा क्षेत्रीको `हाई मेरी गुन्टुरी´सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८०, बुधबार

पोखरा / पशुपती शर्मा र गायिका पुजा क्षेत्रीको तीज गीत `हाई मेरी गुन्टुरी´ सार्वजनिक भएको छ । हिन्दु महिलाहरुकोव्पर्व हरितालिका तीजलाई लक्षित गर्दै तिज गीत सार्वजनिक गरिएको हो ।
समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् ।

मौसम हिमालीको निर्देशनमा मोडल रमेश बिश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।

सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन ।

उनले २५ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३० भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले राजु परियार सँग गाएको के मा चित्त दुख्यो मयालै, मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो ।

हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->