कम्प्युटरमा काम गर्दा हामी यति मस्त हुन्छौं कि आँखा झिम्क्याउन नै बिर्सन्छौं र यसले आँखाको सुख्खापनको समस्या देखिन्छ ।
कम्प्युटर उपयोग गर्दा…आजकल सबै ठाउँमा कम्प्युटरको उपयोग हुने गरेको छ । हामी सबैले कुनै न कुनै रूपमा यसको प्रयोग गर्दै आएका छौं । कम्प्युटरको उपयोग गर्दा यदि केही सामान्य कुरामा ध्यान दिने हो भने यसबाट हुन सक्ने दुष्परिणामबाट बच्न सकिन्छ ।
कम्प्युटर उपयोग गर्दा
आजकल सबै ठाउँमा कम्प्युटरको उपयोग हुने गरेको छ । हामी सबैले कुनै न कुनै रूपमा यसको प्रयोग गर्दै आएका छौं । कम्प्युटरको उपयोग गर्दा यदि केही सामान्य कुरामा ध्यान दिने हो भने यसबाट हुन सक्ने दुष्परिणामबाट बच्न सकिन्छ ।
पत्याउनुहुन्छ ? संयुक्त राज्य अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ अकुपेसनल सेफ्टी एन्ड हेल्थको एक अध्ययनमा दिनहुँ तीन घन्टाभन्दा बढी कम्प्युटरमा काम गर्ने ९० प्रतिशतभन्दा बढी व्यक्तिहरू असमयमा नै आँखाको विभिन्न रोगबाट ग्रस्त छन् । केही वर्षयता कम्प्युटरमा काम गर्नेहरूबीच विभिन्न शारीरिक समस्या समस्यासँगै रिपिटेटिभ स्ट्रेस इन्जुरी (आरएसआई) र कम्प्युटर भिजन सिन्ड्रोम (सीभीडी) मा समेत वृद्घ िदेखिँदै गरिएको छ । सीभीडीलाई बोलचालको भाषामा आँखाको आँसु सुक्ने रोगसमेत भनिन्छ, असावधानी गरे दृष्टिसमेत प्रभावित हुन सक्छ । यो रोगको सामान्य लक्षणमा आँखामा आँसुको अभाव, आँखाको तनाव, आँखा अति नै थाक्नु, आँखामा जलन, प्रकाशसँग आँखा अति संवेदनशील हुनु, दृष्टिमा धमिलोपनलगायत टाउको, बाहुला, घाँटी र ढाड दुख्नुसमेत हो ।
नेत्र रोग विशेषज्ञहरुका अनुसार यो रोग त्यति खेर हुन्छ जव आँखाअगाडि स्वाभाविक तवरले आउने आँसुको पातुलो पत्र (लेयर) सुक्छ । यो आँसुको पत्र आँखालाई आद्र राख्न र आँखालाई पोषक तत्व एवं अक्सिजनले पोषण गर्ने कामसमेत गर्छ । उक्त पत्रले कार्बनडायक्साइड हटाउनमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ ।
धेरै समयसम्म कम्प्युटरको मनिटरअगाडि बस्नु हुन्न । यसले आँखा थाक्नुको साथै तपाईंको खुट्टा, कमर ढाडलाई समेत असर गरिरहेको हुन्छ । यसैले आधा घन्टासम्म कम्प्युटरमा बसेपछि एकपटक बिराम दिनोस् । केही मिनेटको लागि कुुर्सीबाट उठेर छेउछाउमा हिँड्नुस् । यसले तपाईंको आँखा र ढाडलाई आराम मिल्छ ।
यस्तै हामी कम्प्युटरमा काम गर्दा स्क्रिनमा आँखा न झिम्क्याई हेर्ने गरेका छौं । कम्प्युटरमा काम गर्दा हामी यति मस्त हुन्छौं कि आँखा झिम्क्याउन नै बिर्सन्छौं र यसले आँखाको सुख्खापनको समस्या देखिन्छ ।
यसैले कम्प्युटर स्क्रिनमा काम गर्दा आँखा झिम्क्याउने गर्नुपर्छ । एउटा स्वस्थ व्यक्तिले एक मिनेटमा १६ देखि १८ पटकसम्म आँखा झिम्काउँछ । नियमित कम्प्युटर वा टेलिभिजनमा बस्नेहरूमा आँखा झिम्क्याउने दर घट्दै १० देखि १२ पटक प्रतिमिनेट पुग्छ र कम्प्युटर वा टेलिभिजनमा दिनहुँ व्यक्तित गर्ने समय धेरै भएमा आँखा सुख्खा हुने रोगको प्रारम्भिक लक्षण देखिन थाल्छ ।
लामो समयसम्म आँखा नचिम्ली कम्प्युटर स्क्रिनमा न हेर्ने गर्नुहोस् । कम्प्युटरमा काम गर्दागर्दै अलिकति पनि आँखालाई थकाइ लागेको अनुभव भयो भने आँखालाई आराम दिनुहोस् ।
नियमित कम्प्युटरको उपयोग गर्नेहरूले भने शंका लागे नेत्र चिकित्सकको सल्लाह लिनुपर्छ । आँखामा चिकित्सकको सल्लाहले आर्टीफिसियल टियर (नक्कली आँसु) हाल्नुले समेत राहत दिनेछ । लामो समयसम्म कम्प्युटरमा काम गर्ने धेरैजसो व्यक्ति एयर कन्डिसन (एसी) गरिएको कोठामा बसिरहेका हुन्छन् ।
एसी कोठामा बस्दा हाम्रो शरीरको आद्रता(मोइस्चर) कम हुन्छ । यसैले यस्तो ठाउँमा काम गर्नेहरूलाई भने विचार पु¥याएर दिनहुँ उपयुक्त मात्रामा पानी भने खानुपर्ने हुन्छ् । हामीले अफिसमा खाने गरेको चिया, कफी, सफ्ट ड्रिक भने तपाईंको शरीरलाई चाहिने पानीको आवश्यकता पूर्ति गरिरहेको हँुदैन । उसो सफ्ट ड्रिंकको उपयोग स्वास्थ्यको लागि समेत त्यति राम्रो मानिँदैन ।





