बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अडानको स्थापना दिवसमा बटुकहरुलाई खाद्यान्न वितरण

अडानको स्थापना दिवसमा बटुकहरुलाई खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८०, शनिबार

बागलुङ /नेपाल अडिटर्स एशोसियसन (अडान) बागलुङले आफ्नो स्थापना दिवसमा बटुकहरुलाई खाद्यान्न वितरण गरेर मनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा रहेको मुक्तिनाथ वेद विद्याश्रमका बटुकहरुका लागि खाद्यान्न वितरण गरिएको हो ।

आफ्नो १८ औं स्थापना दिवसका अवसरमा विद्याश्रम पुगेका समितिका पदाधिकारी तथा सदस्यहरुले दश हजार बरावरको खाद्यान्न सहयोग गरेका थिए । आश्रममा आवश्यकताका आधारमा खाद्यान्न खरिद गरेर उपलव्ध गराईएको अडान बागलुङका सचिव रामकृष्ण सापकोटाले बताए ।

यसअघि पनि अडानले बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आफ्नो स्थापना दिवस मनाउने गरेको थियो । खाद्यान्न वितरण कार्यक्रममा संस्थाका अध्यक्ष महादेव सापकोटा, ऋषि प्रपन्नाचार्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->