बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिएसआरमा विद्यार्थीका लागि ‘बगान’ चलचित्र निःशुल्क प्रदर्शन

बिएसआरमा विद्यार्थीका लागि ‘बगान’ चलचित्र निःशुल्क प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८०, शनिबार

बागलुङ / नेपाली चलचित्रहरुको प्रभाव र सन्देशको बिषयमा विद्यार्थीलाई जानकारी गराउनका लागि बिएसआर मुभिज बागलुङले निशुल्क चलचित्र प्रदर्शन गरिरहेको छ ।
केही दिन यता विद्यालयका बालबालिकाहरुलाई निशुल्क चलचित्र अवलोकन गराउने क्रम चलिरहेको छ ।

साउनको १५ गतेदेखि सदरमुकाम बागलुङ बजारका नीजि तथा सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क चलचित्र प्रदर्शन गरिएको बिएसआर मुभिजले जनाएको छ ।
सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ विद्यार्थीहरुका लागि निशुल्क प्रदर्शन गरिएको हो ।

‘अंग्रेजी र हिन्दी सिनेमा हेर्नेहरुले नेपाली सिनेमा हेर्नै छोडे, नेपाली कथाले नेपाली समाजअनुसारकै सन्देश बोकेर आउँछ’ बिएसआरका व्यवस्थापक प्रेम पौडेलले भने ‘हामीले ११ दिन लामो अभियान सञ्चालन गरेर कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि निशुल्क मुभी देखाईरहेका छौं ।’

चलचित्र क्षेत्र, सिनेमा घर प्रतिको समुदायमा रहेको धारणा परिवर्तनको लागि समेत आफुहरुले अभियान थालेको उनले बताए । ‘सिनेमाले मनोरञ्जन दिन्छ र सन्देशहरु बोकेर आएका हुन्छन्, जसले समाज परिवर्तनमा भुमिका निर्वाह गर्छ’ पौडेलले भने ।

बागलुङ बजार बाहिरबाट समेत विद्यालय र विद्यार्थीले चाहेमा निशुल्क सिनेमा देखाउने बिएसआरले जनाएको छ । पर्वतको कुश्मा, म्याग्दीको बेनी र बागलुङकै ग्रामिण क्षेत्रका विद्यालयलाई सिनेमा घरसम्म आउन आग्रह गरिएको उनले बताए ।

निर्माता, वितरक प्रदर्शकको सहकार्यमा बगान चलचित्र प्रदर्शन गरिएको हो । एक महिला र महिलाहरुले सफलताका लागि गर्ने संघर्षको कथाबस्तु रहेको बगानले विद्यार्थीका लागि सकरात्मक सन्देश प्रवाह गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->