सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८०, आइतबार

पोखरा/ पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले बि–१३ बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।

शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ र मनिल गुरुङले समान १÷१ गोल गरे ।
यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १÷१ गोल फर्काए ।

यसअघि प्रतियोगिताको अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।

आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->