सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फुटसलमा मेन्टेन एफसीले जित्यो पाँच लाख

फुटसलमा मेन्टेन एफसीले जित्यो पाँच लाख


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८०, बुधबार

कास्की/पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।

मेन्टेनेको जीतमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १/१ गोल गरे ।
च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद ३ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र हात पा¥यो । देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए ।

उनले नगद ५० हजारसहित ट्रफी प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुँदै जनही नगद २५ हजार र ट्रफिसहित पुरस्कृत भए ।यस्तै प्रतियोगिताको अनुशासित टिमको शिल्ड बी –१३ ले प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->