बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमालेले गलकोटमा गर्यो दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम

एमालेले गलकोटमा गर्यो दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८०, बिहिबार

बागलुङ / नेपालीहरुका ठूला पर्वहरु दशैं, तिहार, छट र नेपाल सम्वतको अवसर पारेर नेकपा एमाले गलकोट नगर कमिटीले विहिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सावित्रा रानाले दलहरुले विराएको यात्रालाई सहि ठाउँमा ल्याउन राजनितिक दलहरु नै विकल्प भएको वताउदै देशमा देखिएका समस्याहरुको निराकरण गर्न सवै दलहरु एकजुट हुनुपर्ने वताईन ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, गलकोट नगरपालिकाका कार्यवाहक नगरप्रमुख फमलाल निउरे, नेकपा एमालेका गण्डकी प्रदेश सदस्य मञ्जु शर्मा चालिसे, सुनिल शेरचन, गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य तिलक उप्रेती, बुल बहादुर केसी, पार्टीका जिल्ला उपसचिव डम्मर श्रीस, गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमाल, वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापा, नेपाली कांग्रेसका फम बहादुर खत्री, नेकपा माओवादी केन्द्रका गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्दै समृद्ध नेपाल निर्माणका लागि सवै पक्ष मिलेर लाग्नुपर्ने वताए।

नेकपा एमाले गलकोट नगर कमिटीका अध्यक्ष पुर्ण काउचाको सभापतित्वमा समपन्न कार्यक्रमको सञ्चालन सचिव दान वहादुर श्रीसले र स्वागत सदस्य भक्त बहादुर नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->