बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

पोखरा / भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत समावेश भएको छ।

पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए। उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् ।

सोमबारको प्रस्तुतिमा पनि निर्णायकहरूले निकै प्रशंसा गरेका थिए । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी सो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->