बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संविधान बिरोधी शक्तीलाई ठेगान लगाइन्छ : देउवा

संविधान बिरोधी शक्तीलाई ठेगान लगाइन्छ : देउवा

संघियता कमजोर पार्न खोजीएको नेताहरुको आरोप ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८०, शुक्रबार

बागलुङ/नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले संविधान बिरोधी शक्तीलाई ठेगान लगाउनुपर्ने बताएका छन् । पछिल्लो समय बढीरहेको संविधान बिरोधी अभियान तथा संविधान र संघियता ठिक छैन भन्ने आरोप कांग्रेसले मिथ्था बनाउनु पर्ने बताए ।
शुक्रवार कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न आएका देउवाले संविधान र संघियता ठिक छैन भन्ने तत्व बिरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । पछिल्लो समय आइरहेका अफवाह प्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । जसले जे बोल्यो त्यसैमा नलाग्नपनि कार्यकर्तालाई उनले आग्रह गरेका थिए । ‘हामी देशकै ठूलो पार्टी भएकोले हामीले संयम अपनाएर संविधान बिरोधी शक्तीलाई ठेगान लगाउनु पर्छ’ उनले भने, ‘पार्टी भित्रको एकता र अन्य दलको सहकार्यबाट यस्ता अभियान सफल हुनेछन् ।’ संघियता र संविधानमा आएका समस्या समाधान गर्ने काममा कांग्रेसले अगुवाइ गर्ने उनले बताए ।

पार्टी भित्र उब्जेका कतिपय असन्तुष्टीमा आफ्नो ध्यानाकर्षण भएको देउवाको भनाइ छ । ‘ठूलो पार्टीमा केही असन्तुष्टी हुन्छन्, जायज माग सम्बोधन हुन्छन्’ उनले भने, ‘बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो ।’ देउवाले आ“फू धेरै नबोल्ने तर काम गरेर देखाउने प्रतिवद्धता जनाए । देउवाले देशका प्रमुख राजनीतिक दलहरु समेत मिलेर संविधान कार्यान्वयनको एकता कायम गरेर देखाउने बताए । ‘सबै दल मिलेर संविधान कार्यान्वयन गरेर छाड्छौं’ उनले भने ।

सम्मेलनमा भाग लिन जिल्लाका दशवटै पालिकाबाट १ हजार ६ सय क्षेत्रीय प्रतिनिधि सहित अन्य कार्यकर्ता गरी दुइ हजारजना सदरमुकाम आएका थिए । सम्मेलनमा कांग्रेसले १ सय ५ जना ७५ बर्ष काटेका जेष्ठ कार्यकर्ता र सशष्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहिद परिवारलाई पनि सम्मान गरेको छ । दुइ दिन सम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा सहितका नेताले प्रशिक्षण गर्ने पार्टी सभापति जितबहादुर शेरचनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->