बागलुङ / नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले राजनैतिक परिवर्तनपछि समृद्धिको यात्रा हुनुपर्नेमा देश चुकिरहेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी बागलुङले गलकोटमा आयोजना गरेको निर्वाचन क्षेत्र नं. २, प्रदेश ‘क’ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
सचिव विष्टले देशको समृद्धि कृषिको आधुनिकिकरण, जलविद्युत र पर्यटनबाट रोजगारी सिर्जना गर्दै राष्ट्रिय पुँजीको वृद्धि गरेर मात्रै सम्भव हुने वताए । उनले भने, ‘तर वर्तमान गठवन्धन सरकार मुल्य वृद्धि र तस्करीलाई प्रोत्साहित गर्न उद्धत रहेको छ ।’ विष्टले राष्ट्रको पुँजीगत खर्च नभएकोले आर्थिक मन्दि भएको बताए। ए
माले जनताको पार्टी भएकोले जनताकै माझवाट बलियो बनेर २०८४ मा बहुमतको सरकार सञ्चालन गर्ने दावी गर्दै सचिव विष्टले देशलाई समृद्ध बनाउने एमाले मात्रै भएको वताए । पार्टीले शक्ति आर्जन गर्न, समृद्धिको सम्भावना खोज्न र जनताको गुनासो सुन्न मंसिर १४ गते देखि मध्यपहाडि लोकमार्गमा पूर्व-पश्चिमसम्म समृद्धिको यात्रा सुरु गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य जगत विश्वकर्मा, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा वहादुर केसी लगायतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा एमाले गलकोट नगर कमिटीका अध्यक्ष पूर्ण काउचाको अध्यक्षतामा भएको कार्यक्रममा ताराखोला गाउँ कमिटी अध्यक्ष ऋषिराम रोकाले स्वागत मन्तव्य र बडिगाड गाउँ कमिटी अध्यक्ष कमलराज आचार्यले सञ्चालन गरेका थिए ।
प्रशिक्षणमा बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाका कमिटी पदाधिकारी तथा सदस्यहरु, वडा कमिटिका पदाधिकारी सहित उपल्लो कमिटिका सदस्यहरुको सहभागिता रहेको एमालेले जनाएको छ ।






