बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थी सवार तीन बस ठोक्किँदा १६ जना घाइते

विद्यार्थी सवार तीन बस ठोक्किँदा १६ जना घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८०, शनिबार

नवलपुर / शैक्षिक भ्रमणका लागि पूर्वी नवलपरासीको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा १६ विद्यार्थी घाइते भएका छन् । धरान उपमहानगरपालिका-१३ स्थित धरान-धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा गएको ३ वटा बस शुक्रबार साँझ एक आपसमा जुघेको हो । सबै विद्यार्थीको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हुप्सेकोट गाउँपालिका-४ स्थित जनकल्याण राष्ट्रिय माविका विद्यार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएर दुर्घटना भएको हो । स्याङ्जा, पूर्वी नवलपरासी र म्याग्दीबाट शैक्षिक भ्रमणमा विद्यार्थी बोकेर गएका बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनायो ।

ब्रेकफेल भएको हुप्सेकोटको बसले म्याग्दीबाट शैक्षिक भ्रमणमा गएको ग २ ख १५८३ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको प्रहरीले जनायो । स्याङ्जाको विद्यार्थी बोकेको ग २ ख १५१३ नम्बरको सहित तीनवटा बस ठोक्किएको हो । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->