बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अनेमसंघ जैमिनीको अध्यक्षमा थापा

अनेमसंघ जैमिनीको अध्यक्षमा थापा


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०८०, बिहिबार

बागलुङ/ अखिल नेपाल महिला संघ जैमिनी नगर सम्मेलनले दुर्गा पाण्डे थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुधबार कुश्मीशेरामा सम्पन्न भेलाले थापाको नेतृत्वमा २५ सदस्यीय नगर कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा विष्णुदेवी शर्मा, सचिवमा शान्तिदेवी शर्मा, सहसचीवमा कुमारी राना थापा, कोषाध्यक्षमा राधादेवी शर्मा सुवेदी, सदस्यहरुमा चन्द्र उचइ, अञ्जुदेवी सार्की, सीता पाठक, गीता बिक, चन्द्रिकला बहिक, लिलादेवी सुवदी, नुनुकुमारी थापा क्षेत्री, राधा शर्मा पौडेल, टिका ढकाल, राधा सुवेदी, मिनाकुमारी क्षेत्री, लीला जिसी, अमृता थापा, जुनकुमारी क्षेत्री,, सृष्टि शर्मा र बिष्णु नेपाली चयन भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघकी स्थायी कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज भीमा अधिकारीले महिला अधिकरका क्षेत्रमा महिला आफैं सक्रिय भएर लाग्नुपर्नेमा जोड दिइन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले नेतृत्वमा महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सञ्जाल शर्मा, अनेमसंघ प्रदेश कमिटी सदस्य यमुनादेवी शर्मा, लगायतले बोलेका थिए । नगर कमिटी अध्यक्ष लक्ष्मी किसानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सीता शर्मा र सञ्चालन तुलसी केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->