पोखरा/ २५ औं संस्करणको पोखरा सडक महोत्सवको उद्घाटनको क्रममा झाँकीसहित सहभागी भरतपुर २७, मेघौलीस्थित थारु सामुदायिक होमस्टे समूह । बिहीबारबाट पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको तथा पुस १६ गतेसम्म जारी रहने सडक महोत्सवमा देशका विभिन्न क्षेत्रबाट जातजातिका झाँकीहरु प्रस्तुत गरिएको थियो । पोखराका नगरप्रमुख धनराज आचार्यले सडक महोत्सवको उद्घाटन गरेका थिए । सडक महोत्सवको अवसरमा बैदाम क्षेत्रका रेष्टुराँहरु सडकमै झारिएको छ भने ठाउँठाउँमा विभिन्न सांस्कृतिकक कार्यक्रम पनि राखिएको आयोजक संस्था रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिएका छन् ।
तस्वीर : वसन्त शेर्पा







