बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय सभाका उमेदवार भोट माग्दै बागलुङमा

राष्ट्रिय सभाका उमेदवार भोट माग्दै बागलुङमा


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८०, आइतबार

बागलुङ/ आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार भोट माग्दै बागलुङ, पर्वत, म्याग्दी लगायतका मतदाता भेटमा व्यस्त छन् ।
सत्ता पक्षीय पाँच दलीय गठबन्धनको तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार बनेकाहरु जिल्ला जिल्लामा आएका हुन् । उनीहरुले जिल्ला समन्वय समिति, नगर प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई भेटेका हुन् ।

भेटमा बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा बागलुङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेश सभा सदस्यहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफुहरु अहिले पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेको बताए । संविधान र व्यवस्था माथि नै प्रहार भएपछि बनेको गठबन्धनको आवश्यकता अहिले पनि कायम रहेको उनको भनाइ थियो ।

अर्का राष्ट्रियसभा सदस्य उम्मेदवार मनरुपा शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नका लागि आफुलाई राष्ट्रिय सभामा भूमिका खेल्ने बताईन् । उनी सहिद परिवारकी सदस्य समेत हुन् । राष्ट्रिय सभा सदस्यका उम्मेदवार पदमबहादुर परियारले हरेक क्षेत्रलाई समावेशी बनाउन, स्थानीय तहलाई बलियो बनाउन भूमिका खेल्ने बताए । उनी अपांग र दलीत क्षेत्रको प्रतिनिधित्व गर्दै उमेदवार बनेका हुन् ।

कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मर्म अनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरेका थिए । निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली काँग्रेस गण्डकी प्रदेशका महामहान्त्री विष्णु लामिछानेले सबै एक ढिक्का भएर निर्वाचन जित्ने वाताबरण सिर्जना गर्ने बताए ।

नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राष्ट्रिय जनमोर्चाका अध्यक्ष तेजबहादुर थापा तिलक र सञ्चालन नेकपा माओवादी केन्द्रका कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->