पोखरा/ हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम सम्पन्न भएको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको सुरुवात गरेका थिए । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरेका थिए ।
अघिल्लो वर्षदेखि सुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।





