पोखरा/ चिनियाँ नयाँवर्षको छेको पारेर मंगलबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । चिनियाँ दूताबासको आयोजनमा भएको ‘चाइना–नेपाल स्प्रिङ फेस्टीभल गाला एट पोखरा’ नाम दिइएको सो सांस्कृतिक कार्यक्रममा गनान तिब्बत सङ एण्ड डान्स थियटरका कलाकारहरुले करिब १४ वटा गीत र नृत्य प्रस्तुत गरेका थिए ।
तिब्बती संस्कृतिमा आधारित गीत र नृत्य प्रस्तुतिलाई पोखरा महानगरपालिका,तिब्बतको गानान प्रान्तलगायतले पनि सघाएका थिए ।





