बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संघियता बिरोधी मोटरसाइकल मार्च

संघियता बिरोधी मोटरसाइकल मार्च


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८०, शुक्रबार

बागलुङ/ ठूला राजनीतिक दलले देशब्यापी यात्रा र जागरण अभियान चलाइरहेको बेला राष्ट्रिय जनमोर्चा बागलुङ र उसको भातृ संगठन अखिल नेपाल युवक संघले संघियताको बिरुद्धमा प्रचारात्मक मोटरसाइकल ¥याली शुरु गरेको छ ।

बुधबारदेखि बरेङबाट थालेको ¥याली बिहिबार बागलुङ आइपुगेको हो । यो अभियानलाई युवक संघले मोटरसाइकल मार्च २०८० को नाम दिएको छ । संघले मार्चमार्फत भष्ट्राचार बिरुद्धका क्रियाकलाप पनि गरेको हो । यो अभियानसहित ११ बुँदे एजेण्डाको प्रचार समेत गरेको छ ।

बुधबार बरेङबाट सुरु भएर जैमिनी आएको मार्च बिहिबार दिउँसो बलेवाहुँदै बागलुङ बजार आएको हो । यो यात्रा काठेखोलाको तंग्राममा पुग्ने छ । त्यसपछि गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका पुगेर टुंगिनेछ । बुधबारदेखि शुरु भएको मार्च २८ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।

एउटै प्रकारको पोशाक समेत लगाएका राजमोका युवक संघका कार्यकर्ताहरु मार्चमा सहभागि छन् । उनीहरुले ठाउँ ठाउँमा कोणसभा पनि गरेका छन् । मार्चको नेतृत्व अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले गरेका छन् । जिल्लाका राजमो कार्यकर्ता, संघका पदाधिकारी समेत सहभागि छन् । राजमोका जिल्ला अध्यक्ष तेजबहादुर थापा, पूर्व अध्यक्ष अमर थापा, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा, नरबहादुर पुन लगायतले टोलीलाई बिदाइ गरेका छन् ।

बिहिबार सदरमुकाममा आयोजित कार्यक्रममा राजमो अध्यक्ष तेजबहादुर थापाले आम नेपालीको जनजिविकाको सबालमा युवक संघले अगुवाई गरेको बताए । उनले संघियता बिरोधी अभियानमा जोड दिइएको, देशमा बढेको भ्रष्टाचारले देश चुर्लुम्म भएको भन्दै त्यसको भण्डाफोर गर्न युवक संघ सफल भएको बताए ।

कार्यक्रममा राजमोका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख अमर थापा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा लगायतले टोलीलाई स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममै आएका युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले यो अभियानले भ्रष्टाचारीको खुट्टा कापेको बताए ।

त्यस बाहेक गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गर्ने, राष्ट्रिय सार्वभौमिकता र अखण्डताको पक्षमा आबाज बुलन्द बनाउने, राष्ट्रिय स्वाधिनताका लागि आत्मनिर्भर अर्थतन्त्रको व्यवस्थापन, स्थानीय तहको अधिकार र विकास बजेट बढाउनुपर्ने, प्रदेश संरचना तत्कालै खारेज गर्नुपर्ने लगायतका माग राखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->