स्याङजा / प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने भएका छन् । शनिबार भएको दोस्रो सेमिफाइनलमा बागलुङले पर्वतलाई जीतेसगै स्याङ्जासगँको भेट पक्का भएको हो ।
बागलुङले पर्वतलाई ३–१ को सेटमा २५–२१, २५–१९, २०–२५ र २५–१६ अङ्कले जीत निकालेको हो । बाग्लुङग अण्डर २३ का राष्ट्रिय खेलाडी रवि केसीको कप्तानीमा मैदानमा उत्रेको थियो ।
चापाकोट नगरपालिका-९ सुन्तलीटारमा भएको पहिलो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । स्याङ्जाले २५–१९, २५–१९, १५–२५, १९–२५ र १३–१५ अङकले पराजीत गरेको हो ।
पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले खेलमा फर्कदै लगातार तीन सेट जित्दै उपाधि नजिक पुगेको हो । चापाकोट उद्योग वाणिज्य संघको आयोजना र नगरखेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता गरिएको हो ।
प्रतियोगितमा प्रथमले एक लाख ५० हजार, द्धितीयले एक लाख र तृतीयले ५० हजार नगद प्राप्त गर्ने खेल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।
विभागीय खेलाडी विजय थापा, महेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका क्याप्टेन हरि पाण्डे हितका खेलाडी लिएर स्याङ्जा मैदानमा आएको थियो भने नवलपुर गण्डकी प्रदेशका नियमित खेलाडी सरोज बर्देवाको नेतृत्वमा खेलेको थियो ।
जिल्लाको सर्वाधिक राशीको प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भरलेसमेत पुरस्कार पाउने छन् । चापाकोट २ घर भएका गण्डकी प्रदेशका उदीयमान खेलाडी सन्तोष थापाको कात्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
थापाकै स्मृतिमा दोस्रो चापाकोट महोत्सवको अवसरमा प्रतियोगिता गरिएको हो । आइतबारसम्म चल्ने प्रतियोगतामा गण्डकीका पर्वत, नवलपुर, कास्की, तनहु, स्याङजा, बागलुङ तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।





