शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

महिला दिवशमा पाठेघर सम्बन्धि शिविर हुने

महिला दिवशमा पाठेघर सम्बन्धि शिविर हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८०, आइतबार

बागलुङ/‘महिलामा लगानी, सभ्य र समुन्नत नेपालको थालनी’ भन्ने नाराका साथ १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवश मनाइने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पत्र अनुसार जिल्ला तहमा पनि बिभिन्न कार्यक्रम गरेर दिवश मनाउने तयारी भएको हो ।
महिला अधिकारको बारेमा सरोकारवालाबीच अन्तरक्रिया गर्ने, सचेतनामुलक ¥याली र मुल समारोह गर्ने, राजनीतिक दलका भतृसंगठनले आफ्नो क्षेत्रमा अधिकारमुखी कार्यक्रम गर्ने निर्णय भई दिवशको काम थालनी भैसकेको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताइन् ।
जिल्लाभर गरिने कार्यक्रममा सबै संस्था, अन्तरपार्टी महिला संजाल र महिला अधिकारवादी संस्थाले समन्वय गर्ने निर्णय भएको हो । महिलाको पाठेघर सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने, हाल संचालनमा आइरहेको दादुरा रुबेला खोपको प्रचार गर्नेजस्ता क्रियाकलाप पनि यो अभियानमा जोडिने छ ।
दिवशका लागि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय मुल समारोह समिति गठन भएको छ । समितिमा जिल्ला समन्वय समिति, सबै पालिका, प्रशासन, प्रहरी, सामाजिक संघसंस्था, पत्रकार तथा नागरिक समाजका सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->