पोखरा/राष्ट्रिय उच्च मावि पोखराले ७५ औं हीरक महोत्वसको अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पोखरा १ पुरानो टुँडिखेल स्थित विद्यालयले विद्यार्थीहरुको लागि दुई दिने शिविर सुरु गरेको हो । शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ ।
विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा. बसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी बालरोग विशेषज्ञ डा. विनोद तुलाचन, डा. अमृत त्रिपाठी र डा. प्रदिप नागिलासंगै अन्य स्वास्थ्यकर्मीहरु सहभागि थिए । टोलीलाई पोखरा महानगरपालिका–१ स्थित शहरी स्वास्थ्य केन्द्र, बगरका स्वास्थ्यकर्मीहरुले समेत आवश्यक सहयोग गरेका थिए ।
संयोजक ताम्राकारका अनुसार विशेष गरि शिविरमा साना वालवालिकाहरुको मुटुको परिक्षण गरि जन्मजात कुनै समस्या छ छैन् त्यसको जाँच गरिएको र कक्षा ११ र १२ का विद्यार्थीहरुको रक्त समुह छुट्याउने काम गरिएको जानकारी दिए । उनले विद्यालयका अध्य्यन गर्ने विद्यार्थीहरुको उपचारका लागि आफुले आफनो ठाँउबाट आउदा दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाका अनुसार पहिलो दिन इसिडि देखी कक्षा पाँच सम्मका गरि एक सय ६० जना सगै कक्षा ११ र १२ का एक सय ५० जना विद्याथीहरुको परिक्षण गरिएको हो । यसअघि शिविरको उद्घाटन पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले गरेका थिए ।





