शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

खर्वाङमा निशुल्क स्वास्थ्य शिविर हुने

खर्वाङमा निशुल्क स्वास्थ्य शिविर हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

बागलुङ/नेपाल रेडक्रस सोसाइटी उपशाखा दगातुन्डाँडा र दगातुन्डाँडा रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजना, आधारभूत स्वास्थ्य केन्द्र खबर्वाङको सह–आयोजनामा बडिगाड गाउँपालिका–२ खर्वाङमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा ओम महिला तथा बाल अस्पताल बुटवलका मेसु महिला तथा स्त्रीरोग विशेषज्ञ बरिष्ठ डा. सर्मिला शर्माको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका हाडजोर्नी विशेषज्ञ अर्थोपेडिक डा. प्रकाश तिमिल्सेना, जनरल फिजिसिएन लगायतका स्वास्थ्यकर्मीको सहभागितामा शिविर सञ्चालन हुने सम्पर्क समाजका अध्यक्ष चाणक्य अधिकारीले जानकारी दिए ।
शिविरमा स्त्री तथा प्रसुती, हाडजोर्नी, मुटु, सुगर, प्रेसर, थाइराइट, ग्याष्ट्रिक, अल्सर, रुघाखोकी, निमोनिया, छाति तथा पेट पोल्ने समस्या भएका बिरामीहरुको लागि उपचार तथा परामर्श सेवा उपलब्ध गराइने आयोजक रेडक्रस उपशाखा खर्वाङका सभापति खगिश्वर अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->