बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पार्टीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले गरे पद छाड्ने घोषणा

पार्टीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले गरे पद छाड्ने घोषणा


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८१, आइतबार

पोखरा / नेकपा एमालेबाट निर्वाचित स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

हालै समपन्न पार्टीको जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै उनले गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुको फोटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘दोश्रो पटक चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको म जस्ता ठेट्नाहरुको पाटीमा कुनै स्थान र मुल्याङ्कन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन ।’

एमाले केन्द्रिय सचिव पद्मा अर्याल र नारायण मरासिनिले आफ्नो गोजीबाट नाम निकालेर जिल्ला कमिटीका पदाधिकारी घोषणा गरेको आरोप उनले लगाएका छन् ।
यस्तो छ उनको घोषणा:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->