बागलुङ/ राष्ट्रिय युवा संघ निसिखोलाको दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार निसिखोलामा सम्पन्न अधिबेशनले नबिन थापा मगरको अध्यक्षतामा २१ सदस्य रहेको राष्ट्रिय युवा संघ नेपाल निसिखोला गाउँ कमिटि चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा उपाध्यक्षमा बिरेन्द्र विश्वकर्मा, सचिवमा मनहरी पौडेल, उपसचिवमा सुमन सुनार र दिलकुमारी बुढा चयन भएका छन् । संघका सदस्यहरुमा धनिश्वर कँडेल, डिलाराम रेग्मी, ओमलाल बिक, लेखनाथ कँडेल, सोन बहादुर घर्ती मगर, प्रेम मगर, सन्दिप चन्द, भिमसेन बुढा, सुरेश कुँवर, लाल बहादुर बुढा, किसान बिक, जीवन घर्ती मगर र बिशाल कुँवर चयन भएका छन् ।
अधिबेशनले युवालाई रोजगारीसँग जोड्न र अनियमितताको अन्त्य गर्न जोडदार माग गरेको छ । अधिबेशनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा खेलकुद बिभागका प्रमुख सम्पन्न श्रेष्ठले युवाहरुमा सकरात्मक सोँच र उद्यमशिलताको आवश्यकता रहेको बताए । युवाहरुले नेतृत्व गरेको हरेक क्षेत्रले प्रगति गरेका उदाहरण दिँदै उनले अन्याय र अनियमितता सहेर नबस्न युवाहरुलाई आग्रह गरेका ।
कार्यक्रममा राष्ट्रिय युवा संघ गण्डकी प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटि तथा अन्य पालिकाका अध्यक्षहरु र नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरुले सम्बोधन गरेका थिए ।





