बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमालेमा नयाँ सदस्य बनाउन युवा केन्द्रित अभियान

एमालेमा नयाँ सदस्य बनाउन युवा केन्द्रित अभियान


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८१, बिहिबार

बागलुङ/नेकपा एमाले बागलुङले युवामाझ सदस्यता बिस्तार अभियान सञ्चालन गर्ने भएको छ । पार्टीमा क्रियाशिल युवाहरुको सहभागिता, पहुँच र नेतृत्व विकास गर्ने उद्देश्यले ४० बर्ष मुनिको उमेर समुहका युवालाई नयाँ सदस्य वितरण अभियान चलाइने भएको हो ।

दशौं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटिको पहिलो बैठकले युवा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले जेठ मसान्तभित्र सबै पालिका अधिबेशन गर्ने निर्णय गरेको छ । जिल्लाका ८५ वडामा असारको मसान्तभित्र अधिबेशन गरेर नेतृत्व परिवर्तन गरिने जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए

एमालेले पाँच हजार एक सय ३१ सदस्यको समयमै सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । सदस्यता बिस्तार र नविकरण गर्ने अभियानलाई तिब्रताका साथ सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष केसीले बताए ।

एमाले निकट जनसंगठनहरुको बिस्तार अभियानलाई तिब्र बनाउने र जिल्लाको समृद्धिको खाका तयार गरेर नणनितिक योजनाका साथ अघि बढ्ने निर्णय भएको केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->