बागलुङ ⁄ नेकपा एमाले काठेखोलाको अध्यक्षमा डिल वहादुर कार्की चयन भएका छन् । शनिवार राती समपन्न पालिकाको दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा कार्की निर्विरोध चयन भएका हुन् ।
पालिका कमिटीको उपाध्यक्षमा नरवहादुर क्षेत्री, सचिवमा तिल वहादुर खड्का (तिलक), उपसचिवमा राजु गौतम र उजेली शर्मा निर्विरोध भएका छन् ।
सदस्यहरुमा भूमीराज खत्री, रामप्रसाद शर्मा, विष्णु थापा, गंगा कार्की, ओम वहादुर केसी, नारायणदत्त रेग्मी, गोविन्द केसी, कमल पौडेल, होम वहादुर विक, प्रदिप कुमार विक, विष्णु नेपाली, टुलकीदेवी खड्का, खम्वीर घर्ति, विष्णु विक, ओमकार थापा, लक्ष्मण पुन, शान्ति पुन, पहलमान थापा, गोविन्द कँडेल र वेलवहादुर विक चयन भएका छन् ।
४१ सदस्यीय सदस्यीय कमिटीको सदस्यहरु थानेश्वर कँडेल, हरिलाल कँडेल, होम वहादुर क्षेत्री, विनोद कार्की, राजु थापा मगर, सरिता खड्का कार्की, याम वहादुर कार्की, किसान कार्की, दिपक रसाईली, रण वहादुर पुन, धनमाय विक, भीमे सार्की, बल वहादुर दर्जी, प्रेम वहादुर गुरुङ, धन कुमारी परियार र पवन थापा चयन भएको प्रमुख निर्वाचन अधिकृत डिल्लीराज गौतमले वताए ।
दोस्रो अधिवेशनको उद्घाटन पार्टीका केन्द्रिय उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द् पाण्डेले शनिवार गरेका थिए ।





