सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन

फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

पोखरा/पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् ।
बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्तिनिकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो ।
यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्तिनिकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–० ले पराजित गरेको थियो ।
बास्केटबलतर्फको सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए ।
एसइई २०८० मा सहभागी भएका विद्यार्थीहरूबिच भएको फुटबल तथा बास्केटबल खेलका विजेता र उपविजेतालाई प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष राधिका कुमारी शाही, विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समितिका अध्यक्ष गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समितिका अध्यक्ष फसैबहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरे ।
फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->