सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आयोजक आदर्श विद्यामन्दिरसहित अमर आदर्श र फ्युचटर सेमीफाइनलमा भीड्ने (फोटो फिचरसहित)

आयोजक आदर्श विद्यामन्दिरसहित अमर आदर्श र फ्युचटर सेमीफाइनलमा भीड्ने (फोटो फिचरसहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

बागलुङ/आयोजक आदर्श विद्यामन्दिर माविका दुई टोली ‘पहेलो’ र ‘सेतो’सहित अमर आदर्श आमावि र फ्युचर ब्राइटर आमावि सेमीफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न क्वाटरफाइनलका खेलमा आदर्श ‘पहेलो’ले गुराँस विद्या सदन, आदर्श ‘सेतो’ले विद्यामन्दिर मावि, अमर आदर्शले सिद्वार्थ शिक्षा सदन र फ्युचर ब्राइटरले न्यु एभरेष्ट एकेडेमीलाई पराजित गर्दै प्रथम आदर्श कपको सेमीफाइनल यात्रा तय गरेका हुन् ।
निकै प्रतिष्पर्धात्मक चारै क्वाटरफाइनलको खेलको टुंगो भने ट्राईबेकरबाट लागेको हो । क्वाटरफाइनलको पहिलो खेलमा आयोजक आदर्श ‘पहेलो’ का सुझाव शेरचनले खेलको १३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यो लामो समय टिक्न सकेन । खेलको ३४ औं मिनेटमा डि–बक्स नजिकैबाट पाएको फ्रि–किलाई गुराँसका श्रीजन शर्माले आर्कषक गोलमा परिणत गरेपछि खेल बराबरी गरेका थिए ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आयोजक आदर्श ‘पहेलो’ ६–५ गोलले विजय बन्न्यो । पेनाल्टी सुटआउटमा आदर्श ‘पहेलो’ का अरुन शेरपुजा, सुजल शेरचन, सुजन बानियाँ, आदेश खत्री, सुशिल पुन मगर र एन्जल घर्ति मगरले गोल गर्दा अमन बम थापा र योगिन खत्री गोल गर्न चुके । आदर्श ‘पहेलो’ले बुधबार हुने पहिलो सेमीफाइनल खेलमा अमर आदर्शको सामना गर्ने छ ।
क्वाटरफाइनलको दोस्रो खेलमा सिद्वार्थ शिक्षा सदनलाई ३–४ गोलले स्तब्ध पार्दै अमर आदर्श सेमीफाइनलमा प्रवेश गरेको हो । निर्धारित सयम गोलरहित बराबरीमा सकिएपछि ट्राइबेकरमा अमर आदर्शले बाजी मारेको हो । अमरको लागि असिम कार्की, प्रविन रोका, पुजन मल्ल र अंश केसीले गोल गर्दा विमल खाती भने गोल गर्न चुकेका थिए । सिद्वार्थको लागि सचिन क्षेत्री, विजय घर्ति र अमृत कार्कीले गोल गर्दा स्वप्निल श्रीस र प्रविन थापा गोल गर्न असफल हुँदा अमर आदर्शको सेमीफाइनल यात्रा सहज बनेको हो ।
तेस्रो खेलमा आयोजक आदर्श ‘सेतो’ले विद्यामन्दिरमाथि ३–१ गोलको जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । ट्राइबेकरमा आदर्श ‘सेतो’को लागि दिप्सन शाक्य, अप्सन केसी र तेज आचार्यले गोल गर्दा अस्लम दिन चुके । आदित्य नेपाली, प्रविन विक, अनिष परियार गोल गर्न असफल हुँदा गणेश थापाले विद्यामन्दिरका लागि एकमात्र गोल गरे । आदर्श ‘सेतो’ले बुधबार हुने दोस्रो सेमीफाइनल खेलमा फ्युचरको सामना गर्ने छ ।
मंगलबार नै सम्पन्न क्वाटरफाइनल खेलमा न्यु एभरेष्ट एकेडेमीलाई पराजित गर्दै फ्युचर ब्राइटर सेमीफाइनलमा प्रवेश गरेको छ । फ्युचरले एभरेष्टलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्यो । फर्जी खेलाडि समावेश पर्वत माविसंग नमिठो हार व्यहोरेको न्यु एभरेष्टले प्रतियोगितामा पुनरागमन गरे पनि फ्युचर ब्राइटरविरुद्व सुखद नतिजा भने निकाल्न सकेन । आयोजकको नियम उल्लंघन गर्दै पर्वत माविले फर्जी खेलाडि समावेश गरेको भन्दै न्यु एभरेष्टले प्रोटेस्ट हालेको थियो । छानवीनबाट फर्जी खेलाडि समावेश गरेको पाइएपछि पर्वत अयोग्य हुँदै प्रतियोगिताबाट बाहिरिएसंगै न्यु एभरेष्टले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मौका खेर फाल्दै पराजित हुन पुग्यो ।
प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->