बागलुङ / नेकपा एमाले ताराखोला गाउँ कमिटीको अध्यक्षमा ऋषिराम रोका सर्वसम्मत निर्वाचित भएका छन् । बुधवार समपन्न दोश्रो गाउँ अधिवेशनबाट अध्यक्षमा कमरेड ऋषिराम रोका सर्वसम्मत भएको एमाले उपाध्यक्ष विष्णु भुसालले बताए ।
कमिटीको उपाध्यक्ष पदम बहादुर खत्री, सचिवमा दुर्गा बगाले, उपसचिवमा याम बहादुर रोका र हरिकला घर्ती सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको सदस्यहरुमा प्रकाश छन्त्याल, सुदिन छन्त्याल, बल बहादुर नेपाली, चन्द्रकली मगर, नवीन खत्री, भेष कुमारी घर्ती, चन्द्र बहादुर श्रीस, प्रेम केसी निर्वाचित भएका छन् ।
त्यस्तै, दस्यहरुमा फरिलाल घर्ती, ससिकला बगाले, मन बहादुर थापा, नर बहादुर खत्री, पूर्ण प्रसाद कँडेल, गंगा घर्ती मगर, जुना घर्ती रोका, यमलाल कँडेल, डम्मर छन्त्याल, मन बहादुर खत्री, महेन्द्र घर्ती मगर, नन्सरी केसी, भिम कुमारी बिक र देविमाया पुन चिजा निर्वाचित भएका छन् ।

त्यस्तै अधिवेशनले लेखा समितिको संयोजकमा होम बहादुर श्रीस, सचिवमा प्रशान्त केसी, सदस्यहरुमा निशा बिक र रस्मी घर्ति मगरलाई चयन गरेको छ ।





