बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङले देशको समग्र विकासका लागि नेकपा एमालेको एकल बहुमत आवश्यकता रहेको बताएका छन् । एमालेले बहुमत नल्याउँदा शुसासन र विकास निर्माण अगाडी बढ्न नसकेको भन्दै उनले राष्ट्रिय स्वाधिन्ता बचाउन, स्वभिमान बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।
पुँजीबादको वकालत गर्ने पार्टीहरुले देश विकास र जनताका मुद्धा नबोल्ने भन्दै उनले काँग्रेस, राप्रपा र रास्वपाले देशको विकास गर्न नसक्ने बताए । पुँजीवादको वर्गहरुको नेतृत्व गर्ने पाटीहरु राज्यका बिभिन्न तहमा रहँदासम्म सुसासन र विकासको परिकल्पना गर्न कठिन हुने बताए ।
शुक्रबार नेकपा एमाले बागलुङ नगर कमिटिको दोस्रो अधिबेशन उद्घाटन गर्दै उनले शिक्षा, स्वास्थ्यको सम्पूर्ण दायित्व राज्यले लिनुपर्नेमा जोड दिए । गरिव नागरिकका बालबालिकाले आफुले चाहेको विषय पढ्न पाउने वातावरण राज्यले तयार नगर्दासम्म दक्ष जनशक्ति उत्पादन नहुने बताए ।





