शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सामुदायिक विद्यालयमा फुटबल प्रशिक्षण शुरु

सामुदायिक विद्यालयमा फुटबल प्रशिक्षण शुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८१, बिहिबार

पोखरा/युनाइटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
‘फुटबल फर फ्युचर’ परियोजनाको अभिमुखीकरण कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युनिकन संस्थाका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयको विद्यार्थीहरू यस किसिमको अवसरबाट बञ्चित हुन नपरोस् भनि यो कार्यक्रम सुरु गर्न लागिएको बताए ।
परियोजना पोखरा महानगरपालिकाभित्रका बाराही, कन्या, शितलादेवी, शिवशक्ति र अमरसिंह माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन बहादुर लामाले यस किसिमको कार्यक्रम थोरै मात्रामा हुने गरेको र यस किसिमको कार्यक्रमले विद्यालय र संस्थाको मात्र विकास नभई जिल्लाको लागि नै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
यस कार्यक्रमबाट पाँच विद्यालयका तीन सय जना विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्भित हुनेछन् भने परियोजनाभित्र अन्तरविद्यालय फुटबल प्रतिस्पर्धा, कथा वाचन कार्यक्रम, शनिबार रंगशालामा भेला र व्यक्तिगत बृद्धि विकासको सहजीकरण जस्ता कार्यक्रम समावेश गरिएको छ ।
युनिकन संस्थाको अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->