बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘मिट एण्ड ग्रिट’बाट आश्रमका लागि ६५ लाख संकलन

‘मिट एण्ड ग्रिट’बाट आश्रमका लागि ६५ लाख संकलन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८१, शनिबार

बागलुङ/ मानवसेवा आश्रमका लागि साविक धौलागिरीका चार स्थानीय तहले झण्डै ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । बागलुङ बजारमा सम्पन्न ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा सहभागि पालिका प्रमुखहरुले आगामि आर्थिक बर्षको बजेटबाट स्रोत जुटाउनेगरी मानव सेवा आश्रमको भवन निर्माणार्थ उक्त रहम सहयोग गर्ने बचन दिएका हुन् ।

कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले १५ लाख, पर्वतको कुश्मा ५ लाख ११ हजार फलेबास नगरपालिकाले ५ लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले ५ लाख ११ हजार सहयोग गर्ने बचन दिएका छन् । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले १५ लाख, पर्वतको कुश्मा ५ लाख ११ हजार फलेबास नगरपालिकाले ५ लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले ५ लाख ११ हजार सहयोग गरेका छन् ।

आश्रमले ‘मिट एण्ड ग्रिट’कार्यक्रमबाट एकैदिन ६४ लाख ५४ हजार ५०५ रुपैयाँ संलन गरेको थियो । पालिका बहेक स्थानीय र बागलुङ बजारका व्यापारीहरुले सहयोग गरेको मानव सेवा आश्रमका सहकोषाध्यक्ष सुमिरा लामाले जानकारी दिइन् । २०७३ सालदेखि बागलुङका शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले वि।सं। २०७८ सालमा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो । स्थापना कालदेखि अहिलेसम्म बागलुङ नगरपालिका–३ किनारा टोलबाट आश्रम सञ्चालित छ ।

आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि २०७८ वैशाख २४ गते शुक्रबार शिलान्यास गरिएको लामाले बताइन् । आश्रममा हाल महिला २२ जना, पुरुष २४ र बालबालिका ७ जना गरि ५३ जना सहयोपेक्षीहरु आश्रित रहेका छन् । भवन निर्माण सुरु भएको तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न भएको मानव सेवा आश्रम बागलुङका अभिभावक एवं भवन निर्माण समितिका संयोजक शिव खड्काले जानकारी दिए । १२ करोड ७५ लाखको योजना रहेकोमा हालसम्म हालसम्म ५ करोड खर्च भएको छ उनको भनाइ छ । यो सबै प्रदेश, पालिका र दाताबाट आएको सहयोग प्राप्त भएको हो ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, हाँस्य कलाकार मनोज गजुरेलले ‘मिट एण्ड ग्रिट’बाट कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->