पोखरा/गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्कीले बागलुङलाई ३७ रनले हराएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा १ सय २५ रन बनाउदै अल आउट हुन पुग्यो ।
बागलुङका लागि ओपनर अर्जुन रायमाझिले २५ बलमा ४ चौकाको मद्दतमा २५ रनको बनाउँदै आउट भए । अकौ ओपनर अनिस जिसि ३ रनमै एलबीडब्लु आउट भए । आरश तामाङले २१ बलमा १ चौका, १ छक्का प्रहार गरे । विवेश नेपालीले ३२ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २६ रनको योगदान दिए । चन्द्रदिप यादव १९, किशान सुनवार १, मुकेश ओझा शुन्य, अश्विन थापा ८, सञ्चार निउरे शून्य र टेकराम विक १ रनमा आउट भए । रुपेश थापा ६ रनमा नटआउट रहे ।
कास्कीका लागि विश्वास पराजुलीले ३ ओभरमा २९ रन खचेैर सर्वाधिक ३ विकेट लिए । सुवाष भण्डारी र विपिन खत्रीले २÷२ तथा आदित्य थापाले १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । ओपनर अर्जुन कुमालले २४ बलमा ७ चौका प्रहार गर्दै ३६ रन बनाए । किबरिन श्रेष्ठले १२ रन जोडे । मुस्कान थापाले ३२ बलमा ४ चौका २ छक्का प्रहार गर्दै ३७ रन जोडे । अभिषेक थापाले २९ बलमा २ चौका १ छक्का प्रहार गर्दै ३३ तथा रोहित चन्दले १, सुवास भण्डारीले १५ र विपित खत्रीले ९ तथा कृष्ण पौडेल शुन्यमै आउट भए । आयुष सैन्जु १ रनमा नटआउट रहे ।
बागलुङका लागि सञ्चार निउरे र अश्विन थापाले २÷२ तथा मुकेश ओझा र चन्द्रदीप यादवले १÷१ विकेट लिए । शुक्रबार नै सम्पन्न दोस्रो खेलमा दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङमा तनहुँले म्याग्दीलाई १ सय १६ रनले हराएको छ । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको म्याग्दी १६.२ ओभरमा ५७ रनमा अलआउट हुन पुुग्यो । टस हारेर ब्याटिङको निम्तो पाएको तनहुँका दिनेशले ९५ रनको योगदान दिए । ५३ बलको सामना गर्दै दिनेशले ६ छक्का र ७ चौका प्रहार प्रहार गरे । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा असार ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका ८ जिल्लाको सहभागिता छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।





