बागलुङ/ नेकपा एमाले बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पालिका कमिटिको दोस्रो अधिबेशन सम्पन्न गरेको छ । काठेखोला गाउँपालिकाबाट सुरु गरेको अधिबेशन एमालेले बरेङ गाउँपालिकाको अधिबेशन सम्पन्न गरेसँगै दशवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको हो ।
जैमिनी नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए । जैमिनी नगरपालिकामा निवर्तमान उपाध्यक्ष टिका उचै र देवेन्द्र रेग्मीका बीचमा अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । मतदान प्रकृयाबाट रेग्मी अध्यक्ष चयन भएका छन् । उपाध्यक्षसहित पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका थिए ।
पालिका कमिटिको दोस्रो अधिबेशनबाट बागलुङ नगर कमिटिको अध्यक्षमा रामकृष्ण शर्मा, काठेखोला गाउँ कमिटिको अध्यक्षमा डिलबहादुर कार्की, ताराखोला गाउँ कमिटिको अध्यक्षमा ऋषिराम रोका, गलकोट नगरकमिटिको अध्यक्षमा पूर्ण बहादुर काउचा, ढोरपाटन नगरकमिटिको अध्यक्षमा चूना घर्ती, बरेङ गाउँकमिटिको अध्यक्षमा झोमबहादुर थापा, तमानखोला गाउँकमिटिको अध्यक्षमा गजेन्द्र छन्त्याल, नीसिखोला गाउँ कमिटिको अध्यक्षमा भुमिराज घर्ती र बडिगाड गाउँकमिटिको अध्यक्षमा कमलराज आचार्य चयन भएका छन् ।
दशौं जिल्ला अधिबेशन पछिको पहिलो बैठकले केन्द्रिय कमिटिको बिषेश निर्देशन कार्यान्वयन गर्न सबै पालिका कमिटिको अधिबेशन गर्ने निर्णय गरेको थियो ।





