शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुन चौपारीको बजेट ५७ करोड

अर्जुन चौपारीको बजेट ५७ करोड


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८१, मंगलबार

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका गाउँ सभाको १५ औ अधिबेशनले ५६ करोड ६० लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमबारको अधिबेशनमा पालिका उपाध्यक्ष सपना गुरुङले सार्वजनिक गर्नु भएको बजेटमा चालु तर्फ ३१ करोड १४ लाख ६५ हजार (५५.०२ प्रतिशत) र पुँजिगततर्फ २५ करोड ४६ लाख १० हजार रुपैयाँ रहेको छ ।
बजेटमा आन्तरिक श्रोतमा १७ करोड आठ लाख, आन्तरिक राजस्व ७० लाख, संघिय सरकार समानिकरण आठ करोड १८ लाख, प्रदेश सरकार समानिकरण ९८ लाख १४ हजार, राजस्व बाडँफाँड सात करोड छ लाख एक रुपैयाँ रहेको छ ।
यस्तै राजस्व बाडफाडँ प्रदेश ४० लाख ३६ हजार, संघिय ससर्त १९ करोड २० लाख २५ हजार, संघिय समपुरक २ करोड, प्रदेश समपुरक ६० लाख, प्रदेश बिशेष ४० लाख रहेको छ । अधिबेशनमा उपाध्यक्ष गुरुङले शिक्षा, स्वास्थ्य, पुर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->