सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्याङ्जा र पर्वतको खेल रोकिँदा नवलपुर शीर्षस्थानमा

स्याङ्जा र पर्वतको खेल रोकिँदा नवलपुर शीर्षस्थानमा


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

पोखरा/गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगितामा नवलपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समूह बी तर्फको जारी खेलमा मंगलबार वर्षाको कारण स्याङ्जा र पर्वत बीचको खेल हुन नसकेपछि नवलपुरलाई फाइदा भएको हो ।
बलियो मानिएको स्याङ्जाले पर्वतमाथि सहजै जित हासिल गर्ने अनुमान थियो । खेलमा वर्षा बाधक बनेपछि दुवै टोलीले. अंक बाँड्न बाध्य भएका थिए । दिनको दोस्रो खेलमा नवलपुरले गोरखामाथि एक सय २५ रनको जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लियो ।
वर्षाकै कारण दोस्रो खेलमा ओभर घटाएर १८ बनाइएको थियो । १७९ रनको विजयी लक्ष्य दिएको नवलपुरले गोर्खालाई १५.३ ओभरमा ५३ रनमै अलआउट ग¥यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पंकज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
गोरखालाई सस्तैमा समेट्न पवन सापकोटाले २.३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । कमल परियारले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्वीकार श्रेष्ठले २ र सुदीप अर्यालले १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नवलपुरले १८ ओभरमा ६ विकेट गुमाउँदै १७८ रन जोड्न सफल भएको थियो । ओपनर प्रमिश अर्यालले सर्वाधिक ८० रनको योगदान दिए । उनले ६१ ब्लमा १० चौका,३ छक्का प्रहार गरे । दोस्रो ओपनर गोविन्द विक २ रनमै आउट भए । दीपक डुम्रे १४, रिजन काफ्ले २१, सुदिप अर्याल २७र कमल परियार १२ रनमा आउट भए । अनिश गुरुङ ५ रनमा नटआउट रहे ।
गोर्खाका लागि मेहोल श्रेष्ठले ४ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । प्रशिद्ध बज्राचार्यले ३ ओभरमा २ विकेट तथा सुनिल तामाङले ३ ओभरमा १ विकेट लिए ।
जितसँगै नवलपुरको २ खेलबाट ४ अंक भएको छ । दुई खेलमा १ जित एक बराबरीमा (वर्षाको कारण अंक बाँडिएको खेल) रहेको स्याङजाको ३ अंक रहेको छ । २ खेलमा एक हार एक बराबरीमा रहेको पर्वतको एक अंक रहेको छ भने दुई खेलमा हार व्यहोरेको गोर्खा अंकविहीन छ ।
बुधबार शीर्षस्थानका दुई टोली नवलपुर र स्याङ्जाबीच पहिलो खेल हुनेछ । लिगकम नकआउट आधारमा खेलाइएको खेलको समूहको शीर्षस्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ । समूह बी मा रोमाञ्चक अंक रहेको छ । स्याङ्जालाई फाइनलमा पुग्न नवलपुरलाई हराउनैपर्ने हुन्छ । यदि नवलपुरलाई हराएमा स्याङ्जाको ५ अंक हुनेछ र फाइनलमा प्रवेश गर्नेछ । उता नवलपुरलाई भने खेल बराबरी भएमासमेत फाइदा हुनेछ । यदि मौसमको कारण खेल हुन सकेन र अंक बाँडेमा नवलपुर ५ अंकका साथ शीर्षमै रहँदै फाइनल प्रवेश गर्नेछ । समूह ए बाट कास्की ३ खेलमा जित हासिल गर्दै ६ अंकका साथ शीर्षस्थानमा रहँदै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । समूह बी मा गोर्खा र पर्वतले भने प्रतिष्ठाको खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->