पोखरा / पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ ले जितेको छ ।
पोखराले कुल १३८ अंक प्राप्त गर्दा म्याग्दी मगर समाजले १३३ अंक प्राप्त ग¥यो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुर तेस्रो भयो ।
पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिले पहिलो पटक प्रतियोगिताको आयोजना गरेको हो । प्रथम हुँदै पुन समाज पोखरा ए ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गरे । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरियो ।





