पोखरा/पोखरामा गण्डकी प्रदेशको आयोजनामा टी२० महिला क्रिकेट प्रतियोगिताको चलिरहेको छ ।
७ गतेदेखी सुरु प्रतियोगितामा चार जिल्ला कास्की, स्याङ्जा, नवलपुर र पर्वतको सहभागिता रह्यो । राउन्डरोविनको आधारमा खेलाइएको खेलमा पर्वत र नवलपुर एक खेल अगावै बाहिरिदाँ कास्की र स्याङ्जा भने फाइनल पुगे ।
प्रतियोगितामा पर्वत सबैभन्दा कम्जोर टिम सावित भयो । नवलपुर भने बलियो भइकन समेत समस्यामा गुज्रिदाँ कम्जोर देखियो ।
नवलपुरले कास्की र स्याङ्जासँग हार व्यहोर्दा पर्वतमाथि जित हासिल ग¥यो । पर्वतमा एकै विद्यालयका विद्यार्थी अर्थात विद्यालयको टिमनै जिल्लाको टिम भई आएको थियो । नेपाल क्रिकेट संघमा आबद्ध भएको पर्वतलाई चुनौती थियो प्रतियोगितामा सहभागिता जनाउन । नयाँ त्यसमा पनि सबै उमेर समूहका खेलाडी । तैपनि आँट गरेर टिम आयो केहि सिकेर गयो ।
तर नवलपुरको सवालमा भने त्यो रहेन । ब्याटिङ र फिल्डीङ दुवैमा राम्रो प्रदर्शनी गरेपनि रणनीतिमा चुक्दा नवलपुर लिगचरणबाटै बाहिरिन बाध्य भयो । यसको कारण हो नवलपुरको टिममा आफन्तवाद र टिके कोटा । हो यहि भयो नवलपुरको टिममा । महिलाको मात्र होइन पुरुषकै टिममा समेत खेलाडीमाथि विभेद भयो ।
जसले प्रतियोगिता आयोजना ग¥यो त्यो निकाय अर्थात प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी पद सदस्य सचिव श्रीधर शर्मा नवलपुरकै हुन । उनी एक दिन पनि नवलपुरको खेल हेर्न आएनन् । उता महिला टिममा नवलपुरले क्रिकेटको क समेत नजानेका व्यक्तिलाई प्रशिक्षक बनाएर पठायो । जसको प्रतिफल सिंगो टिमले नै भोग्न बाध्य भयो । योग्य टिम हुँदाहुँदै पनि नराम्ररी हार व्यहोर्दै बाहिरियो । टिम बाहिरिएसँगै खेलाडीहरुले गुनासो समेत पोखेका थिए कि प्रशिक्षकले वेवास्ता गरे । नवलपुरको टिममा राजनिति यसरी हाबी भयो की योग्य खेलाडी नै चुके ।
पुरुषकै टिममा समेत राष्ट्रिय टिममै पर्ने सामथ्र्य भएका केहि खेलाडी समेत बाहिर रहे । नवलपुरबाट उनीहरुलाई अनुशासन नभएको वहानामा निकालियो । यता महिलातर्फ पनि त्यसो नभएको होइन भन्ने ठाउँचाहि रहने । प्रशिक्षकलाई खेल अवधिभर कुनैपनि टिमको बारेमा केहि थाहा छैन अझ उनलाई आफ्नै खेलाडीको स्तर समेत थाहा छैन् । नवलपुरले कास्कीसँग ३२ रनको हार व्यहोरेको थियो । स्याङजासँग भने ९ विकेटको हार व्यहोरेको थियो ।
नवलपुरको खेल सन्तुष्ट नै थियो खड्किएको खाली प्रशिक्षकको मात्र हो । खेलाडीलाई न त उनले खेल अघि वामअप गराए न त खेलपछि खेल समीक्षा नै । उनको व्यवहार हेर्दा शक्तिकै आडमा प्रशिक्षक बनेर आएको देखिन्छ । क्रिकेटका एक पदाधिकारीका अनुसार पनि नवलपुरमा प्रशिक्षक नै थिएनन् । आएका प्रशिक्षकले न त खेलाडीलाई सिकाउन सक्थे न त क्रिकेट बुझाउन नै जे गरे खेलाडीले आफ्नो बलबुतामा गरे ।
उता पर्वतको भने टिम कम्जोर भएपनि प्रशिक्षकसँग क्रिकेट मोह थियो । विद्यालयका प्रधानाध्यापक समेत रहेका अजय लामिछानेले टोलीको आत्मबल बढाइरहे । उनले टोलीलाई अनुभव लिनका लागि प्रेरित गरिरहे ।
यी दुई टिमको भिन्नता भनेकै स्वार्थ थियो । पर्वतलाई आफ्नो टिम बलियो बनाउने स्वार्थ थियो भने नवलपुरलाई आफन्तवादको स्वार्थ । पर्वतबाट नवलपुरले पक्कैपनि सिक्नुपर्ने हुन्छ । खेलमा पर्वतलाई नवलपुरले हराएपनि खेलको मर्मलाई भने हराउन सकेन । खेलाडीले भरपुर कोसिस गर्दै सम्मानजनक प्रदर्शनी गर्दै बाहिरिदा नवलपुरको कालो राजनीतिले खेलमात्र हारेको छैन् । नवलपुरका होनहार र योग्य खेलाडी समेत पछि छाडिएका छन् ।





