आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने

बागलुङमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८१, मंगलबार

बागलुङ/आगामी मंसिर २ गतेदेखि ८ गतेसम्म कर्णाली प्रदेशको विरेन्द्र नगरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागलुङमा गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन छनौट खेल हुने भएको छ ।
बुधबार र बिहिबार बागलुङस्थित रुद्रेपिपल कबर्ड हलमा छनौट खेल हुनेछन् । प्रदेश खेलकुद समिति गण्डकीको आयोजना र बागलुङ जिल्ला खेलकुद समितिको व्यवस्थापनमा खेल हुन लागेको हो ।
खेलमा मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका ६५ खेलाडीबीच छनौट खेल हुन लागेको हो । उक्त खेलमा ६ स्वर्ण, ६ रजत र १२ कास्य पदकका लागि विभिन्न इभेन्टका खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए । पुरुष तथा महिलाको सिंगल, पुरुष तथा महिलाको डबल, पुरुष महिलाको मिक्स डबल खेल हुनेछन् । त्यसबाहेक टिम इभेन्ट पनि हुने बताइएको छ ।
खेलका लागि हरेक जिल्लाबाट ४ जनादेखि ६ जनासम्म खेलाडी सहभागि हुनेछन् । बागलुङबाट ३ पुरुष र २ महिला खेलाडीले छनौटमा भाग लिने भएका छन् । सबैभन्दा धेरै कास्कीका ४ महिला र २ पुरुष गरी ६ जनाले भाग लिने छन् । खेलमा ११ जना प्रशिक्षक समेतको सहभागिता रहनेछ ।
खेलकुद विकास समिति र जिल्ला व्याडमिन्टन संघले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यक्रममा समितिका अध्यक्ष कुमार खड्का र संघका अध्यक्ष राजिन खड्काले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रम समितिका सदस्य सचिव भिमसेन शाक्यले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->