बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पार्वतीको तपस्याभुमी गुप्तेश्वर गुफामा भक्तजन (फोटो फिचर)

पार्वतीको तपस्याभुमी गुप्तेश्वर गुफामा भक्तजन (फोटो फिचर)


  • कृष्ण संयोग
  • साउन १४ २०८१, सोमबार

बागलुङ/पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्वर गुफामा साउने सोमबार भक्तजनहरुको घुँईचो लागेको छ । साउने सोमबार यहाँ बिशेष मेला लाग्छ । बाला चर्तुदर्शीमा सतबिज छर्नेहरु पुग्छन् भने शिवरात्रीमा पनि गुप्तेश्वरमा सयौं भक्तजन जाने गर्छन् । साउने सोमबार बिहानैदेखि दर्शन गर्न आउने भक्तजनहरुको घुईंचो लागेको स्थानीयले बताए ।
यो गुफा नेपालकै लामो भएको स्थानीय शान्तिनारायण श्रेष्ठले बताए । भगवान शिवलाई पती पाउँ भनि पार्वतीले तपस्या गरेको स्थलका रुपमा पनि गुप्तेश्वर परिचित छ । उक्त गुफामा अन्य दिनभन्दा साउन महिनाको सोमवार दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने गर्दछ । अरु दिन २÷३ सयको संख्यामा पुजाआजा गर्न आएपनि सोमबार भने ५ हजारभन्दा बढिले दर्शन गर्ने गरेको गुफाका पुजारी ख्यामराज आचार्यले जानकारी दिए ।
विक्रम सम्वत १९९० सालमा स्थानीय रत्नबहादुर कार्कीले दाउरा घाँस काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै पत्ता लागेको गुफा नै गुप्तेश्वर गुफाको रुपमा चिनिन् थाल्यो । त्यसैको आधारमा स्थानीय विद्धान र धार्मिक व्यक्तित्वहरुले गुफाको अबलोकन गर्दै जाँदा पार्वतीले शिवजीलाई पती पाउँ भनि तपस्या बसेको ठाउँ रहेछ भन्ने मान्यता अनुरुप गुप्तेश्वरको चर्चा बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->