आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फ्युचरलाई अन्तर विद्यालय फुटसलको उपाधि

फ्युचरलाई अन्तर विद्यालय फुटसलको उपाधि


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८१, आइतबार

बागलुङ/बागलुङमा सम्पन्न तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी सिद्धार्थ शिक्षा सदनलाई ३–४ गोलान्तर पराजित गर्दै फ्युचरले उपाधि जितेको हो ।
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सदरमुकाममा रहेका विद्यालयहरु सहभागि थिए । कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष दल थापा, एनप्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा, सिद्धार्थ शिक्षा सदनका प्रिन्सिपल भोजेन्द्र थापा र गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले प्रतियोगितामा प्रथम हुनेले खेलाडीलाई नगद १७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेता टोलीलाई १२ हजार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी सिद्धार्थ शिक्षा सदनका निशान थापा पनि पुरस्कृृत भए ।
प्रतियोतिमा १२ टिमले भाग लिएका थिए । कार्यक्रममा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले विजयी खेलाडीलाई बधाई दिर्दै खेल सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->